March 31, 2025, Monday
२०८१ चैत्र १८
1:37:26 pm

आर्थिक परिवर्तनका लागि कांग्रेस-एमाले सरकार बनेको हो: मन्त्री सिंह

915

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले आर्थिक परिवर्तनका लागि दुई ठुला दल नेपाली कांग्रेस र नेकपा मिलेर सरकार बनाएको  बताएका छन्।

शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले राजनीतिक स्थायीत्वको जगमा आर्थिक परिवर्तन गर्न संसदका दुई ठूला दल मिलेको बताएका हुन् ।

मन्त्री सिंहले भने, ‘राजनीतिक स्थायित्व र स्थिरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई  यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ । जिम्मेवारी ठुलो छ। त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ ।’  

Advertisement

नेपाली कांग्रेस  काठमाडौं क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बनेका प्रकाशमान सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बागमती प्रदेशको आन्तरिक  मामिला मन्त्री बनेकोमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो ।