February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

प्रचण्ड यतिधेरै अस्थिर रहनुभयो कि उहाँसँग अब कसैको पनि विश्वास रहेन: गगन थापा

835

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिरताका कारण कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेको स्पष्टिकरण छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले भने, ‘प्रधानमन्त्री दाहालको यति धेरै अस्थिर चरित्र र व्यवहार नभएको भए एमाले माओवादी गठबन्धनको सरकार बनेको तीन चार महिना नहुँदै नयाँ गठबन्धन बन्दैन थियो । एमालेसँग सरकारमा बसिरहेर पनि प्रचण्डले फेरि नयाँ खालको लसपस गर्नका निम्ति हातखुट्टा पसार्न थालेपछि अहिलेको दुर्घटना निम्त्याएको हो ।’

महामन्त्री थापाले अगाडि भने, ‘नेपालको राजनीतिमा प्रचण्ड यतिधेरै अस्थिर रहनुभयो कि उहाँसँग अब कसैको पनि विश्वास रहेन । त्यो कारणले अहिलेको परिस्थिति सिर्जना भएको हो ।’

Advertisement

उनले विगतमा पनि कांग्रेस र एमाले मिलेर मुलुकलाई निकास दिएको पनि बताए । महामन्त्री थापाले अहिले नै कांग्रेस कसको नेतृत्वमा सरकारमा जाने विषय टुंगो नलागेको समेत दाबी गरे । उनले भने, ‘प्रधानमन्त्री दाहालले मार्गप्रशस्त गरेपछि मात्र पार्टी कसको नेतृत्वमा एमाले सरकारमा जाने टुंगो लगाउँछ ।’