April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

संसदमा सहकारी ठग जोगाउनु पर्छ भन्ने र कारबाही गर्नुपर्छ भन्ने पक्ष देखिएको छ: गगन थापा

1.1K

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा सहकारी ठग जोगाउनु पर्छ भन्ने पक्ष देखिएको बताएका छन्।

बिहीबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले संसदमा अहिले एउटा सहकारी ठग जोगाउन पर्छ भन्ने पक्ष र अर्को सहकारी ठगलाई कारबाही गर्नुपर्छ भन्ने पक्ष देखिएको बताएका हुन्।

पत्रकार सम्मेलनमा थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नै पर्ने बताए। सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर दूधको दूध, पानीको पानी छुट्याउनुपर्ने थापाको भनाई छ।

Advertisement

महामन्त्री थापाले भने, ‘संसदीय छानबिन समिति गठन गरौं, यसमा देशलाई अड्काएर नराखौं भनेर हामीले भनिरहेका छौं। किनभने सहकारीका बचतकर्ताहरू आत्तिइरहेका छन्। बचत फिर्ता पाउँछु कि पाउँदिनँ भन्ने अवस्था छ ।’

उनले सहकारी ठगलाई संरक्षण गर्ने पक्षमा उभिने कि कारबाही गर्ने पक्षमा लिएर जाने भन्ने कुरा सदनभित्र भएका राजनीतिक दलले सोच्ने र निर्णय गर्ने कुरा भएको पनि बताए ।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।