May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

कतार र नेपालबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

515

काठमाडौं। कतार र नेपालबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । बुधबार होटेल सोल्टीमा सुरू भएको नेपाल र कतारका प्रतिनिधि मण्डलस्तरीय बैठकमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र कतार बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

Advertisement

त्यसअघि होटेल सोल्टीमामा बुधबार कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान भेटवार्ता भएको थियो ।