काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा कांग्रेसको भावि बाटोको विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसले कार्यसम्पादन समिति बैठक गरेर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको पनि बताइएको छ ।
प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडे लगत्तै सोमबार सभापति देउवाले पार्टीका पूर्वपदाधिकारी र पदाधिकारी बैठक बोलाएका थिए । सो बैठकले तत्काल मन्त्रीहरूले राजीनामा नगर्ने र प्रधानमन्त्री दाहालले धोका दिएको निष्कर्ष निकालेको थियो ।




