काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ चुनचङबीच भेटवार्ता भएको छ । पाँछ दिने नेपाल भ्रमणमा रहेका चुनचङले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
बुधबार नेपाल आएका चुनचङले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग गरेको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनको अवस्थाबारे छलफल भएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।