April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

गैरआवासीय नेपालीलाई आजदेखि नागरिकता वितरणको काम सुरु गरिदै

1.9K

काठमाडौं । गैरआवासीय नेपालीलाई आजदेखि नागरिकता वितरणको काम सुरु गरिदै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीहरूलाई गैरआवासीय नेपाली नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

बालुवाटारमा अहिले बिहान ८ बजे एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरण गर्नेछन्।

आजदेखि सुरु हुने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको अवसर पारेर गैरआवासीय नेपालीलाई नागिकता वितरणको काम सुरु हुन लागेको हो ।

Advertisement