June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

इजरायलमा बेपत्ता जोशीको अवस्था पत्ता लगाउन संयन्त्र परिचालन गरिएको परराष्ट्रमन्त्रीको भनाइ

955

काठमाडौं । इजरायलमा प्यालेस्टानी लडाकु समूह हमासको आक्रमण हुँदा भएसँगै बेपत्ता भएका एक नेपाली विद्यार्थी अवस्था पत्ता लगाउनका लागि सरकारले सम्भव भएसम्मका उपलब्ध संयन्त्रको परिचालन गरिरहेको जनाएको छ । बेपत्ता रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको खोजिमा हमाससँग सम्बन्ध भएका भनिएका मुलुकहरूसँग पनि कुरा भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

असोज १९ मा इजरायलमाथि प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने चार जना घाइते भएका थिए । सोही आक्रमणमा परेका जोशीको अवस्था भने अझै अज्ञात छ ।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायको अन्तिम सेमेस्टरमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । हमासको हमलापछि अज्ञात अवस्थामा रहेका उनको खोजीका लागि विभिन्न संयन्त्र परिचालन गरिएको मन्त्री साउदले बताए ।

Advertisement