काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको द्धन्द्धमा परेका नेपालीहरुलाई लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौं उडेको छ । हमास समूहको आक्रमणपछि त्यहाँ रहेका विद्यार्थी लिन इजरायल पुगेको निगमको जहाज २५० जना नेपाली लिएर काठमाडौंका लागि उडेको हो ।
इजरायलको तेल अभिबस्थित बेन गुरियनन विमानस्थलबाट उडेको विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने बताइएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा वायुसेवा निगमको विमान उद्धारका लागि इजरायल पठाइएको थियो । वायुसेवा निगमका क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।
सरकारले नेपाल फर्कन चाहनेहरूका लागि अनलाइन आवेदन खुलाएको थियो । जसमध्ये नेपाल आउन चाहेका २५० जना नेपालीलाई बिहीबार सरकारले उद्धार गरेको हो ।