काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गर्दै इजर इजरायलमा रहेका नेपालीलाई तत्काल सुरक्षित स्थानमा पु¥याउन माग गरेका छन् ।
केही नेपाली घाइते भएको र केही बन्धक बनाएको भन्दै देउवाले भनेका छन्, ‘आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’
सभापति देउवाले इजरायलमा कार्यरत नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन छिमेकी देशहरू, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, आप्रवास सम्बन्धी संगठन, अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रहसमेत गरेका छन् ।