November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

एमसीसी कार्यान्वयनको औपचारिक घोषणा भोलि, कार्यान्वयन हुन नदिने विप्लवको चेतावनी

885

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेकै अवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना कार्यान्वयन हुन नदिने बताएका छन् । शर्तसहितको अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न नसक्ने भन्दै उनले यसमा प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएका छन्।

मंगलबार समाजवादी मोर्चाले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले भने, ‘निस्वार्थ सहयोगको हामीले विरोध गरेको होइन, तर शर्तसहितको अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंश बनाउने कि नबनाउने भनेर अमेरिकी अधिकारीलाई सोध्ने बताएका छन् ।

Advertisement

एमसीसी परियोजना कार्यान्वयनको औपचारिक कार्यक्रम भोलि (बुधबार) हुँदैछ । अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरुबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत एमसीसी कार्यान्वयनको घोषणा गर्ने तयारी रहेको जनाइएको छ ।

उक्त कार्यक्रममा सहभागी बन्न एमसीसीका उपाध्यक्ष क्यामरुन एस. एलफोर्ड नेपाल आइपुगेका छन् । एमसीसीको कम्प्याक्ट अपरेसन विभागका प्रमुख रहेका एलफोर्ड नेपालमा एमसीसी कार्यन्वयनमा जाने अघिल्लो दिन काठमाडौँ आइपुगेका हुन् ।