काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आफ्नो पार्टीलाई उभ्याएर सरकारबाट फाल्ने षड्यन्त्र १२ बुँदे व्याख्यात्मक घोषणामार्फत असफल पारेको बताएका छन् ।
पार्टी निकट नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी) को १७ औ स्थापना दिवसमा सम्बोधन गर्दै उनले आफ्नो पार्टीको पहलकदमीमा एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेको बताए । उनले एमसीसीको विरोध गर्दा जनताले वाहवाही दिन्थे भन्नु हवाई कल्पनामात्रै भएको बताए ।
अध्यक्ष नेपाले एसमीसीको घोर विरोध गर्दैमा पार्टीको छवि राम्रो हुने भए यतिबेला मजदुर किसान पाटी देशव्यापी भइसक्ने उनको टिप्पणी थियो । ‘अमेरिकनहरूको स्वार्थको रक्षा हुने विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा मात्रै हेरेर बस्नेले एमसीसीको विरोध गरेको भए जनताले साथ दिने थिए’, उनले भने । उनले समाजवादका लागि वर्तमान सत्ता गठबन्धन साधक बनेको पनि दाबी गरे ।