काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल जाँदैछन्। उनी समाजवादी मोर्चाद्वारा आयोजना हुने घोषणसभालाई सम्बोधन गर्न बुटवल जान लागेका हुन् ।
उक्त सभालाई मोर्चामा आबद्ध अन्य चार दलका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवलगायतका नेताले सम्बोधन गर्ने छन् ।