March 13, 2026, Friday
२०८२ फाल्गुन २९
1:37:26 pm

सरकार स्वार्थ समूहको लगाममा रहेको प्रचण्डको आरोप

1.4K

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम जनताको जीवनस्तरसँग जोडिएको वर्तमान यथार्थभन्दा निकै टाढा रहेको बताएका छन् ।

यही बैशाख १९ गते राष्ट्रपतिज्यूबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै उनले भने, ‘नीति तथा कार्यक्रमले न त विगतको समिक्षा गरेको छ, न वर्तमान संकटसँग जुध्न सक्ने योजना बोकेको देखिन्छ। यसले जनता र राष्ट्रका गहिरा आवश्यकता सम्बोधन गर्न असमर्थ देखिएको छ ।’

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको भाषा अमूर्त, औपचारिक र प्रेरणाहीन रहेको भन्दै सत्तारूढ पक्षकै सांसदहरू मौन रहनु गम्भीर संकेत भएको प्रचण्डको आरोप छ। उनले भने, ‘जब आफ्नै सांसदहरूमा उत्साह पैदा हुँदैन, त्यस्तो नीति कार्यक्रमले आम जनताको मन जित्न सक्दैन।’

Advertisement

प्रचण्डले कृषि, जलश्रोत, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, संघीयता र सामाजिक न्याय जस्ता राष्ट्रिय प्राथमिकता भएका विषयहरूलाई पृष्ठपोषण गर्न असफल भएको प्रचण्डले बताए । उनकाअनुसार नीति तथा कार्यक्रमले न्याय, समानता र समावेशी लोकतन्त्रप्रति सरकारले कस्तो दृष्टिकोण राखेको छ भन्ने कुरा प्रष्ट छैन ।

नीति तथा कार्यक्रममा व्यापक पुनर्विचारको आवश्यकता रहेको उल्लेख गर्दै उनले जनमुखी, व्यावहारिक र उत्पादनमुखी कार्यक्रमहरू ल्याउन सरकारलाई अध्यक्ष प्रचण्डले आग्रह गरे ।सरकारलाई जनतासँग संवाद गर्न, यथार्थ बोध गर्न र दीर्घकालीन समाधानमा केन्द्रित हुन अपिल गर्दै प्रचण्डले सरकार स्वार्थ समूहको लगाममा रहेको आरोप लगाए ।

सहकारी तथा लघुवित्त ठगी, आर्थिक अपराध, सम्पत्ति सुद्धीकरण, भ्रष्टाचार, कुशासनलगायतका विषयमा सकरारको नीति तथा कार्यक्रमले कुनै ध्यान नदिएको बताउदै उनले भने, ‘स्वार्थ समूहरुको लगाममा कुदिरहेको सरकारको ध्यान आलोचना गर्नेहरुलाई थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध साध्ने, अनि गठबन्धन निर्माणका शुत्रधारहरुको एकपछि अर्को निर्णय गर्नमा मात्रै सीमित भएको देखिएको छ ।’