September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरू

1K

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरू भएको छ । बुधबारदेखि प्रज्ञाभवन कमलादीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि अहिलेसम्म ७४ जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिसकेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना नेतृत्वको कार्यशैली, नीति, विधान सम्मेलन, कार्यदिशा, कार्यक्रम र समसामयिक राजनीति अवस्थाबारे धारणा राखेका छन् । अधिकांश सदस्यहरूले पार्टी बनाउनका लागि पहिला नेतृत्व सच्चिनुपर्ने विचार व्यक्त गरेका छन् ।

५ दिनसम्म सञ्चालन हुने बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि ६ बजेसम्म बस्नेछ । आजको बैठकमा बोल्नका लागि १०० जना बढीले नाम टिपाएका छन् ।

Advertisement