March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

समाजवादी मोर्चामा एमाले मिसिए पनि काँग्रेसलाई फरक पर्दैन: गगन थापा

1.5K

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन फेरिन सक्ने बताए । शनिबार काठमाडौंमा-४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले चित्त बुझ्ने गरी काम नगरे गठबन्धन फेर्न सकिने संकेत गरेका हुन् ।

महामन्त्री थापाले भने, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ।भइराख्छ।’

अहिले केही कम्युनिस्टहरू मिलेर समाजवादी मोर्चा बनाएको भन्दै थापाले त्यसमा एमाले मिसिए पनि काँग्रेसलाई फरक नपर्ने बताए । उनले भने, ‘चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ, तर सरकार गुमाउन तयार भएनौँ । के हुन्थ्यो कम्युनिस्ट पार्टी मिलेर ? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस ।’

Advertisement

महामन्त्री थापाले नेपाली काँग्रेसमा ०८४ को चुनाव हारिन्छ कि भन्ने चिन्ता भएको पनि बताए । उनले भने, ‘०८४ मा के हुन्छ, चुनाव हारिन्छ। चुनाव हारे के हुन्छ ? चुनाव हारे भुईंमा बस्नुपर्छ । भुईंमा बस्न किन डराएको ? बसौंला नि त भुइँमा के बिग्रन्छ हारौंला एकपटक ।’

उनले पार्टी संघीय सरकार, सातमध्ये ६ वटा प्रदेश सरकार र ७५३ मध्ये ३२९ वटा पालिकाको नेतृत्वमा रहँदा पनि काम नगरी डराएर बस्नु लाजमर्दो भएको बताए ।