काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले मन्त्रालयको भागवन्डा मोटामोटी रुपमा टुंगो लगाएका छन् । दलहरुले सैद्धान्तिक रुपमा सहमति जुटाएका हुन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो ।
प्राप्त जानकारी अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ ।
विहीबार मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको छ । प्रचण्ड नेतृत्वको सरकारलाई स्वतन्त्रसहित १० दलले विश्वासको मत दिएका थिए । गठबन्धनमा आवद्ध दललाई सरकारमा सहभागी गराउने प्रयास गर्दा मन्त्रिपरिषद विस्तार ढिलाइ हुन पुगेको हो ।