June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

आदिवासी जनजातिहरुको एकता टुटे पहिचानको मुद्दा ओझेल पर्छ : उपराष्ट्रपति

२०७९ फाल्गुन २०

930

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरु आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन् । उपराष्ट्रपति पुनले क्षेत्रीहरु आदिवासी हुन वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह समेत गरे ।

शनिबार काठमाडौंको कलंकीस्थित नेपाल मगर संघको भवन पुनर्निर्माण तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरुले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने पनि बताए ।

संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकि रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिहरुले एकतावद्ध भएर सरकारलाई खवरदारी गरिरहनु पर्ने पनि उपराष्ट्रपति पुनको भनाई थियो ।

Advertisement

उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको एकता टुट्यो भने उनीहरुले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने तर्क गरे ।

उनले नेपाल मगर संघले आदिवासी जनजाति योद्धाहरुको योगदानको स्मरण गर्दै अघि बढनुपर्ने बताए ।