November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

माओवादी केन्द्रले टुंगायो मन्त्रीहरूको नाम

1.9K

काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुंगो लगाएको छ । माओवादीले चार मन्त्रालय र एक राज्यमन्त्री लिने सत्ता साझेदार दलहरुबीचको सहमति रहेकोमा माओवादीबाट रेखा शर्मा सञ्चारमन्त्री र सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री भइसकेका छन् भने मन्त्रालय नतोकी अमनलाल मोदीलाई शपथका लागि राष्ट्रपति भवन सितल निवास बोलाइएको छ । माओवादीको भागमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालय छ ।

Advertisement