काठमाडौं । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ भने दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने पक्का जस्तै छ ।
प्रतिनिधि सभाका नव निर्वाचित सांसदहरुको शपथ ग्रहणपछि माओवादीले दलको नेता चुन्ने कार्यक्रम तय गरेको हो । प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् ।
यसअघि बुधबार काँग्रेसले चुनावमार्फत संसदीय दलको प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई चयन गरिसकेको छ । आज माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरे लगत्तै बेलुका भावी सरकार निर्माणबारे थप छलफल अगाडि बढाउने कांग्रेस र माओवादीको तयारी छ ।