March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

रामेछाप क्षेत्र नम्बर १ (२) बाट माओवादी केन्द्रका युवराज चौलागाईं निर्वाचित

1.4K

रामेछाप । रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (२) बाट वाग्मती प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका युवराज चौलागाईं निर्वाचित भएका छन् । एमालेका मिलनकुमार घिसिङलाई पराजित गरी चौलागाईं निर्वाचित भएका हुन् ।

माओवादीका पोलिटब्युरो सदस्य ४ हजार ७ सय ७४ को मतान्तरले विजयी बनेका हुन् । मतगणनामा चौलागाईंले २२ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी घिसिङले १८ हजार २ सय ५ मत पाएका थिए । चौलागाईं सत्ता गठबन्धनका तर्फबाट वाग्मती प्रदेशसभामा उम्मेदवार हुन् ।

चौलागाईंको जितेसँगै रामेछापको मतगणना पनि सकिएको छ । यसअघी प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) र वाग्मती प्रदेशसभा १ (१) मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजयी भएका थिए ।

Advertisement