November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गोरखा आउन पाएकोमा खुसी छु: प्रचण्ड

२०७९ कार्तिक १३

3.1K

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘गोरखा आउन पाएकोमा खुशी लागेको बताएका छन् । सोमबार बिहान भच्चेकमा कार्यकर्तासँग अन्तरक्रियामा अध्यक्ष प्रचण्डले गोरखा आउन पाउदा खुशी लागको र गोरखा आफ्ना लागि अहिलेसम्मका चुनावमध्ये सहज भएको बताएका हुन् ।

‘गोरखा आउन पाएकोमा खुसी छु । अहिलेसम्मको निर्वाचनमा भन्नुपर्दा मेरो लागि एक ढंगले सहज । यहाँ आउँदा रिल्याक्सजस्तो फिल गरेको छु ।’ उनले भने ।

यस्तै, प्रचण्डले निश्चित सपना बोकेर गोरखा आएको बताए । पछिल्लो माओवादी आन्दोलनको दृष्टिकोणले गोरखा महत्वपूर्ण जिल्लाभित्र पर्ने र गठबन्धनभित्र पनि दरिलो एकता भएको हुँदा गोरखा आएको उनले बताए ।

Advertisement

भौतिक पूर्वाधार, सडक सञ्जाल गोरखामा आफ्नो प्राथमिकता भएको भन्दै प्रचण्डले विकास र समृद्धिको यात्रा गोरखाबाट सुरू गरेर संसारभरलाई देखाउने दाबी गरे ।