November 24, 2025, Monday
२०८२ मंसिर ९
1:37:26 pm

प्रधानमन्त्री देउवाले हटाए गोबिन्द बन्दीसहित पाँच मन्त्री

1.5K

काठमाडौं । नेकपा एमालेसँग चुनावी मोर्चाबन्दी गरेका जनता समाजवादी पार्टी नेपाल (जसपा)का मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गरेका छन् । जसपाले प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल गरेपछि देउवाले सो दलबाट मन्त्री भएकालाई बिहीबार पदमुक्त गरेका हुन् ।

देउवाले जसपाबाट मन्त्रीभएका राजेन्द्र श्रेष्ठ (सङ्घीय मामिला तथा सामान्य मन्त्री), मृगेन्द्रकुमार सिंह यादव (कृषि तथा पशुपन्छी विकास मन्त्री), मोहम्मद इस्तियाक राई (भौतिक पूर्वाधार तथा यातायात मन्त्री), प्रदीप यादव (वन तथा वातावरण मन्त्री) लाई संविधानको धारा ७७ को उपधारा २ (ख)अनुसार मन्त्रीहरूलाई पदमुक्त गरेका हुन् ।

देउवाको सिफारिसमा मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी हेरफेर गरेकी छन् । मन्त्रीहरूले सम्हाल्दैआउनुभएको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

संविधानको धारा ७८ बमोजिम कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ६ महिनाका लागि नियुक्त भएका गोविन्द प्रसाद शर्मा (कोइराला) को पदावधि सकिएकाले प्रधानमन्त्रीकै सिफारिसमा सो मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ ।