`लण्डन। नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले परराष्ट्र मन्त्री डा. नारायण खड्कासंग औपचारिक भेटघाट गरेको छ । हाल बेलायतको भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा. खड्का बेलायतकी स्वर्गीय महारानी एलीजाबेथ द्वितीयाको आज सोमबार भएको अन्त्येष्टि समारोहमा उपस्थित हुन लण्डन आइपुगेका हुन् ।
लण्डनको केन्सिङटन प्यालेस गार्डेन्सस्थित नेपाली राजदूतावासमा भएको औपचारिक भेटघाटमा एनपीसीसी यूकेका सभापति युवराज गुरुङ लगायत बेलायतमा रहेका नेपाली कांग्रेसका बरिष्ठ व्यक्तित्वहरुको उपस्थिति रह्यो ।
भेटघाट कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका नेताहरु विनोद राज मोक्तान, केश बहादुर गुरुङ, हितकाजी गुरुङ, महेश कुमार दाहाल, कुमारी गुरुङ, डा. सुमाया राई, सूर्य नेम्बाङ, तस्वीर लामा, इ. तेजेन्द्र रोकामगर, राजकुमार सुनार, जंग पुन, अर्जुन कटुवाल समेत उपस्थित थिए । त्यस्तै, एनपीसीसी यूकेका बरिष्ठ उपाध्यक्ष रितेश राज पाण्डे, उपाध्यक्ष प्रवेश केसी, महामन्त्री नोर्बु सुन्दर शेर्पा, रेशम बस्याल, कुश बस्नेत, सहमहामन्त्री सन्तोष कुमार सुवेदी र नारायण लामा, कार्यसमिति सदस्यहरु असल लिम्बू उपस्थित थिए।
भेटघाटमा विशेष व्यक्तिहरुमा नेपाली जनसम्पर्क समिति पोर्चुगलका सदस्यहरु दिनेश भण्डारी र पूर्ण कुँवर पनि उपस्थित थिए भने उपस्थित डा. सुमाया राईले अर्जुन कुमार कटुवालले उदयपूर जिल्ला समाज यूकेको समेत प्रतिनिधित्व गरेको थिए ।
भेटघाटमा आफ्नो परिचय दिने क्रममा एनपीसीसी यूके सभापति युवराज गुरुङ लगायत सबै जसो वक्ताहरुले भूतपूर्व गोर्खा सैनिकहरुको न्यायको सवालमा परराष्ट्र मन्त्रीको रुपमा र नेपाली काँग्रेसको नेताको रुपमा निर्णायक भूमिका खेलिदिन आग्रह गर्दै आसन्न निर्वाचन निष्षक्ष र शान्तिपूर्वक रुपले सम्पन्न होस् भन्ने कामना गरे ।
भेटघाटमा परराष्ट्र मन्त्री डा. नारायण खड्काले बेलायतमा रहेका कांग्रेसीजनहरुलाई देशको लागि र पार्टीको लागि क्रियाशील रहेकोमा धन्यवाद ज्ञापन गर्दै आसन्न चुनावको यो समयमा नेपाल गएर आआफ्नो भूमिका वहन गर्न अनुरोध गरे । उनले कुनै पनि पार्टीभित्र हुने मतान्तरहरु सामान्य हुने भएकोले गुट, उपगुटको क्रियाशीलता चुनावको लागि अन्तरघाती हुने विचार व्यक्त गरे ।
त्यस्तै, परराष्ट्र मन्त्रीले गोर्खाहरुको सवालमा सेप्टेम्बरभित्रैमा वार्ता हुने जानकारी गराए ।
नेपाली काँग्रेसका नेता समेत रहेका खड्का परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल लगायत आफ्ना टोलीका साथ शनिवार बेलुकी लण्डन आइपुगेका हुन्। परराष्ट्र मन्त्री डा. खड्का आज अघि ल्यान्कास्टर हाउस पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरे भने बेलायती प्रधानमन्त्री लिज ट्रससंग पनि भेटघाट गरिरसकेका छन ।
महारानीलाई श्रद्धाञ्जली अर्पण गर्दै राजकीय अन्त्येष्टिमा सहभागी हुन बेलायत आएका परराष्ट्र मन्त्री डा. नारायण खडका मंगलबार विहान स्वदेश फर्किंदैछन् ।