November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

ओली पक्षको संगठन निर्माण तीव्र

4.2K

काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली पक्षले संगठन निर्माणलाई तीव्रता दिएको छ।

आज बुधबार तिनै केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ। सोहीअनुसार प्रदेशगत रुपमा केन्द्रीय नेताहरुलाई खटाइएको ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन्। 

केन्द्रीय कमिटीमा मनोनित हुने सुदूरपश्चिम प्रदेशका सदस्यहरुलाई प्रशिक्षण दिन लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र विन्दा पाण्डे खटाइएको छ भने कर्णालीका लागि शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य खटाइएको छ।

Advertisement

लुम्बिनी प्रदेशका लागि विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा खटाइएको छ भने गण्डकीमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेललाई खटाइएको छ। 

ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याललाई वाग्मती प्रदेशका सदस्यहरुलाई प्रशिक्षण दिन खटाइएको छ भने प्रदेश २ का लागि ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोको नाम तय गरिएको छ। यस्तै, प्रदेश १का लागि  सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा। शिवमाया तुम्वाहाम्फेलाई प्रशिक्षणका लागि खटाइएको छ।