November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पूर्वमन्त्री कृपासुर शेर्पा सवार कार सिन्धुलीमा दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै

1.9K

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा दुर्घटनामा परेका छन् । शुक्रबार उनी सवार निजी कार सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शेर्पा सवार बा २ च ९००३ कारमा आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, ५० वर्षीय गणेश थापा लगायत सवार थिए । तीनजनाको अवस्था गम्भीर छ ।

पूर्वमन्त्री शेर्पाको चाहिँ बाहिरी चोट देखिएको छैन । चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

Advertisement

उनीहरु आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा जाँदै गर्दा दुर्घटना भएको हो ।

कार तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।