November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रामेछाप बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो

2.5K

काठमाडौं । रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भएका चार जनाको धुलीखेल अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा ठुला तामाङ, विपना तामाङ, कमल तामाङ, सुदीप गजमेर, सुभलक्ष्मी मानन्धर र कुलबहादुर बिक रहेका छन् ।

दुर्घटनामा घाइते भएका २१ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । ३ जना गम्भिर घाइतेलाई भने हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

Advertisement

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस आज बिहान दुर्घटना हुँदा १० जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२७ जना यात्रु सवार बस सडकबाट झन्डै तीन सय मिटर तल खोल्सामा खसेको छ । तिब्रगतिका कारण बस दुर्घटनामा परेको आशंका गरिएको छ ।