काठमाडौं । रामेछापमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको थियो ।
हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
२५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ ।