November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु ४३ घाइते

2K

काभ्रे । बनेपा १० स्थित अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका कर्मचारी बोकेको बस पल्टिदा १ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइँते ५२ बर्षीय लेख कुमारी बस्नेतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कर्मचारी बोकेर निस्केको अस्पतालको बा.१.ज ५७४७ नम्बरको मिनिबस मोटरसाइकललाई साइड दिने क्रममा भासिएर पल्टिएको थियो

Advertisement

अस्पतालबाट निस्केको केही समयमा नै बस दुर्घटनामा परेको थियो । दुर्घटनामा परि घाइते भएकाहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भएको थियो ।