November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आँबुखैरेनीमा सडक भासिएको स्थानमा २ जनाको शव र कार भेटियो

2.7K

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरनी गाउँपालिका–४ ड्यामसाइडममा सडक भासिएको स्थानबाट तल दुई वटा शव र कार भेटिएको छ ।

प्रहरीका अनुसार कार सडकभन्दा करिब ६० मिटर तल खसेको छ । सडक भासिँदा कार पनि सँगसँगै खसेको प्रहरीको अनुमान छ ।

मृतकको सनाखत भइनसकेको कार र शवलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

सडक भासिएका कारण यातायात पूर्ण रुपमा अवरुद्ध छ । वैकल्पिक मार्ग नभएकाले दुवैतर्फ सयौं यात्रु अलपत्र छन् ।