लण्डन ।
बेलायतमा महंगीले जनताको ढाड पहिल्यै सेकिसकेको अवस्थामा अझ पेट्रोलियम पदार्थहरुको मूल्य बढेर कतिपय स्थानहरुमा प्रति लिटर २ पाउण्डसम्म पुगेको छ ।
गत मंगलबार पेट्रोल औसत प्रति लिटर १.८१ पाउण्ड पुगेको भोली पल्ट बुधबार एकै पटकमा ६ पैसा बढेर प्रति लिटर १.८७ पाउण्ड पुग्यो जुन मूल्य गएको १७ वर्ष यताकै सबैभन्दा ठूलो दैनिक वुद्दि दर हो ।
यही मूल्य कायम रहने हो भने एउटा कार पुरा ट्याङक भर्नलाई औसत ९९ पाउण्ड लाग्छ भने चाँडै नै प्रति कार १०० पाउण्ड नाघ्ने अनुमान गरिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य खास बढ्नुको कारण युक्रेन–रसिया युद्द र युरोपेली संघले रसियाबाट तेल आयात कम गर्नुलाई मानिएको छ ।
युद्द सुरु हुनुपूर्व ने बेलायतमा खाद्य र इन्धनका मूल्य बढेर जीवन कष्टकर बनिसकेको थियो ।
गएको मार्च महिनामा सवारी चालकहरुका लागि भनेर सरकारले इन्धनको अन्त शुल्क प्रति लिटर ५ पी कटौति गरेको भएपनि बिक्रेताहरुले सरकारको सो नियम लागू नगरेको गुनासाहरु आर. ए. सी. जस्ता मोटर कम्पनीहरु गरिरहेका छन् ।