पोखरा । आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको जनाइएको छ ।
नेपाली सेनाका अनुसार स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको थियो । त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्फ केन्द्रित गराइएको छ सेनाले बताए । सेनाका टोली भने अहिलेसम्म पुगिसकेको भने छैन ।
अहिले नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा रहेको र अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा तीन घन्टाको दूरीमा रहेका जनाइएको छ ।
पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०ः०७ पछि सम्पर्कविहीन भएको थियो ।