काठमाडौं : प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाले दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका हुन्। सरकारविरुद्ध कस्तो रणनीति बनाउने, संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले हिजो प्रतिनिधिसभा विघटन गरेका छन्।संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका प्रधानमन्त्री ओलीले पनि आज आन्तरिक छलफललाई निरन्तरता दिनेछन्।




