April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनएले तोक्यो महाधिवेशनको मिति

2.1K

काठमाडौं । गैर–आवासीय नेपाली संघ (एनआरएनए)मा सहमति जुटेको छ । लामो समयदेखि उत्पन्न विवाद पश्चात अन्ततः संघको दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशन शनिवारदेखि सुरु हुने भएको हो ।

संघका अध्यक्ष कुमार पन्तले सम्मेलन शनिवार २६ मार्च देखि ललितपुरस्थित होटल हिमालयमा हुने र सबैलाई सहभागि हुन र कार्यक्रमलाई सफल बनाउन आह्रवान गरेका छन् । महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र समापन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने तय भएको जनाइएको छ ।

होटल हिमालयमा दुई दिनसम्म चल्ले महाधिवेशनले विधान संसोधन गर्ने तयारी समेत गरेको छ । अध्यक्षका प्रत्यासीत्रय डा बद्री केसी, कुल आचार्य र रविना थापाबीच ‘एकता महाधिवेशन’ का रुपमा सम्पन्न गर्ने सहमति बनेको छ ।स्रोतका अनुसार उनीहरुबीच बहुअध्यक्ष बन्ने र अन्य पदहरु पनि थप गरी सहमतिमै नयाँ नेतृत्व चयन गर्ने सहमति बनेको छ ।

Advertisement

यसैबीच एनआरएनएनमा डा. शेष घले पक्षधरले विनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । घले पक्षधरको काठमाडौंमा आयोजित छुट्टै भेलाले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।