March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

२०७८ फाल्गुन २६

1.4K

मादी । संखुवासभा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको रेशम फिलिली एक्सप्रेस बस मादी नगरपालिका वडा नम्बर ६ ओखरबोटेको सात घुम्तीमा दुर्घटना भएको हो ।

बस आज बिहान करिब साढे सात बजे तिर दुर्घटनाग्रस्त हुँदा १४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी पाँच जना घाइतेहरूलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

बस सडकबाट डेढसय मिटर तल खसेको र क्षतिग्रस्त भएको कारण घाइतेहरुको अवस्था गम्भीर रहेको एक स्थानीयले जानकारी दिए । मृतकहरुको पहिचान केहिछिन पछि खुल्ने जनाइएको छ ।

Advertisement