काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न खोजिरहेको बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले माओवादीलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न खोजिरहेको बताएका हुन् ।
दाहालले भने, ‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहका छन् । हामी यति ठूलो परिवर्तनका वाहकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’
अध्यक्ष दाहालले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरू एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताउँदै अध्यक्ष दाहालले माओवादी शक्तिहरू एकजुट हुन आवश्यक भएको उल्लेख गरे ।
उनले माओवादीलाई कैसले परास्त गर्न नसक्ने, जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर आफूहरू विजयी हुने पनि बताए ।