काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
बैठक बुधबार दिउँसो १ बजे देउवा निवासमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सरकारले संवैधानिक परिषदको ऐन संशोधन सम्बन्धी विधेयक ल्याएपछि विरोधमा रहेको कांग्रेसले आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठक बोलाएको हो ।
बैठकले पार्टीको औपचारिक धारणा स्पष्ट गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले थप अध्यादेश ल्याउने तयारी गरेको अवस्थामा त्यस विरुद्ध कसरी उत्रिने भन्ने रणनीति पनि कांग्रेस बैठकले तय गर्ने छ ।