सर्लाही । नेकपा (माओवादी केन्द्र) का एक युवा नेताको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । शुक्रबार सर्लाहीको पूर्वपश्चिम राजमार्ग अवस्थित बागमती पुलमा भएको मोटरसाइकल दुर्घटनामा परी माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्यूनिष्ट लिगका नेता सुनील बमजनको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुनील सवार बा ९४ प ५९०८ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ८३०० नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सर्लाहीको हरिवन नगरपालिका ५ बस्ने ३३ वर्षीय बम्जनको उपचारका लागि अस्पताल लैजाने क्रममा रौतहटको चन्द्रपुरमा मृत्यू भएको हो ।
माओवादी केन्द्र हरिवन नगर समितिले सुनिलको मृत्युप्रति दुःख व्यक्त गर्दै दुर्घटनाको छानविनको माग गरेको छ ।