November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

धादिङमा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटियो

1.9K

धादिङ । बिहिबार धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार बख्खु लगाएका व्यक्तिको शव भेटिएको हो । शव भेटिएका व्यक्तिको भने पहिचान भैनसकेको प्रहरीले जनाएको छ ।

अन्य २ जनाको अवस्था अझै अज्ञात छ । बिहिबार विहान डोजरमा सवार चालकसहित ३ जना बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजीका लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

Advertisement