November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मलामी सवार बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

2.4K

पाल्पा । पाल्पाको रिब्दिकोट २ लगुवामा मलामी सवार बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ८ जना घाइते भएको प्रहरी चौकी हार्थोकले जनाएको छ । बसमा ३५ जना मलामी सवार थिए ।

Advertisement

अहिले प्रहरी घटनास्थलमा पुगि दुर्घटनामा परेका घाइतेहरुको उद्धार कार्य जारी रहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी छ ।