काठमाडौं । अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरीअस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी परिवारको मृत्यू भएको हो ।
मृत्यू हुनेमा धर्मप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरु रहेका छन् ।बाँकी ३ जनाको उपचार भैरहेको छ ।
प्रहरीका अनुसार कालिकोटको खाडाचक्र घर भएका धर्मप्रसाद भट्टराई, उनको तीन महिनाको छोरा इप्सन भट्टराई, धर्मप्रसादकी आमा कोकिला भट्टराई र धर्मप्रसादकी बहिनी कोलीको मृत्यु भएको हो ।