लन्डन । नेपाल सरकारले १० हजार नर्स बेलायत रोजगारीमा पठाउने तयारी गरेको छ । स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिएका छन् ।
शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं । यसमा छिट्टै नै काम हुन्छ ।’
त्यसैगरी श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले पनि मन्त्रालयले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको बताए । ‘हामी बेलायत जस्ता अरु सुरक्षित गन्तव्यको खोजी गरिरहेका छौं । त्यस्ता मुलुकमा हामी श्रम सम्झौता गरेर श्रमिक पठाउँछौं,’ श्रेष्ठले भने ।