काठमडौं । ‘फुःलेन्दे स्पेसल कमेडी क्लब’ आउने भएको छ । ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएसँगै त्यसको ठाउँमा को ठाउँमा ‘फुःलेन्दे स्पेसल कमेडी क्लब’ आउन लागेको निर्माण संस्था कि एड्भर्टाइजिङले घोषणा गरेकी छन् ।
करिब ३ बर्षदेखि प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ गत सोमबारबाट बन्द भएको कार्यक्रमका सञ्चालक जीतु नेपालले एक पत्रकार सम्मेलन गर्दै बन्द भएको घोषणा गरेका थिए ।
कार्यक्रम बन्द हुने घोषणा गर्दैगर्दा कार्यक्रमका संचालक जीतु नेपालले उक्त शो बन्दा हुनुको दोष शोका कलाकार उमेश राई ‘फुःलेन्देको आमा’ र निर्माण संस्था कि एडभर्टाइजिङलाई दिएका थिए । जीतुले कि एडभर्टाइजिङले आफुलाई थाहा नदिइ उमेशलाई अर्काे कार्यक्रममा लगेर दुबैले धोका दिएको आरोप लगाएका थिए ।
उक्त जीतुको अभिव्यक्तिको विषयमा उमेशले खण्डन गर्दै आएका छन् । उनले आफुले जीतुलाई धोका नदिएको र बरु मिलेर जान अग्रह गरेको बताए । अहिले ‘मुन्द्रेको कमेडी क्लब’ को साटोमा ‘फुःलेन्दे स्पेसल कमेडी क्लब’ आउन लागेको विषयमा समेत राईले आफुलाई आधिकारीक जानकारी नभएको बताए ।
‘मैले कि एडभर्टाइजिङ एजेन्सी मार्फत केही कुरा सुनेको छु’ राईले भने ‘कस्तो कार्यक्रम र कहिलेदेखि केही थाहा छैन ।’ ‘मुन्द्रेको कमेडी क्लब’ को समय कि एडभर्टाइजिङले अगामी असारसम्म लिएको भएकोले उसले केही न केही कार्यक्रम गर्न सक्ने राइले सुनाए ।
कि एडभर्टाइजिङले भने मिडियामा एक विज्ञापन प्रकाशन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुःलेन्दे स्पेसल कमेडी क्लब’ ल्याउने जानकारी दिएको हो ।