तनहु । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताप्रति सधैँ उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज व्यास नगरपालिका–१ स्थित निर्मल जनसुधार आमा समूहले आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जनताप्रति सधैँ उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
जनताको भावनाअनुसार विकास निर्माणका कामका लागि सदैव प्रतिबद्ध रहेको जनाउँदै उनले भने, ‘विगतमा जिल्लावासीको हितका लागि काम गर्दै आएको छु, जिल्लाको विकासका लागि सधैँ क्रियाशील रहन्छु ।’
मन्त्री श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ का जनताले आफूलाई भरोसा गरेकाले सो भरोसा टुट्न नदिने पनि बताएका छन् ।
स्थानीयले मन्त्री श्रेष्ठलाई विभिन्न विकासका मागसहित ज्ञापनपत्रसमेत बुझाएका थिए ।