April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सर्वदलीय बैठक : ‘सरकार सच्चियो भने सडकको आन्दोलन आफैं ठीक हुन्छ’

2.5K

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक करिब तीन घण्टा बसेर सकिएको छ। बैठकमा विभिन्न पार्टीका मुख्य नेताहरु सहभागी थिए।

बैठकको सुरुवात गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड- १९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा,  संविधान विरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनले कोभिड, आफ्नै दलको अन्तर्द्वन्द्व र राजनितिक प्रणालीमा प्रश्न उठाउन भइरहेका प्रयासप्रति सुझाब माग गरेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

Advertisement

महतले सडकमा देखिएको असन्तुष्टि मूलभूत रुपमा सरकारप्रतिको असन्तुष्टि भएको भनाइ राखेको बताए। ‘त्यसलाई आआफ्नो पक्षमा उपयोग गर्न खोजिएको छ’, उनले भने।

महतले सरकार सच्चियो र लोकतान्त्रिक पद्धतिको मर्म अनुसार चल्ने हो भने व्यवस्था विरोधी आन्दोलन सफल हुननसक्ने बताए। ‘हामीले निर्माण गरेको संविधानलाई निर्वाचित सरकारले विभेदकारी किसिमबाट उपयोग गर्ने कोसिस गरेको छ। त्यसले गर्दा देशमा असन्तुष्टि बढेको छ। सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्यो भने सबै ठीक हुन्छ’, उनले भने।