April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

काे-काे सहभागी छन् सर्वदलीय बैठकमा ?

2.7K

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन्।

समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

केहीबेर अघि सुरु बैठकमा प्रधानमन्त्रीले बैठकको सुरुवात गर्दै छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘उहाँले कोभिड- १९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको  रक्षा,  संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गर्नुभएको छ’, थापाले फेसबुकमार्फत् जानकारी गराएका छन्।

Advertisement

छलफलमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छन्। त्यस्तै, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, उपेन्द्र यादव, महन्थ ठाकुर, ईश्वर पोखरेल, प्रेम सुवाल लगायतका नेता उपस्थित छन्।