April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सर्वदलीय बैठक अघि मन्त्रिपरिषद बैठक सम्पन्न

5.3K

काठमाडौँ- मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेबाट बसेको बैठक करिव १ घण्टामा सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज डाकेको सर्वदलीय बैठकअघि मन्त्रिपरिषद बैठक बसेको हो ।

Advertisement

सोमबारका लागि निर्धारित बैठक अन्तिम समयमा आएर रोकिएपछि आजका लागि सारिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी ठूलीआमाको निधन भएपछि सोमबारको मन्त्रिपरिषद बैठक स्थगित भएको थियो ।