March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव, १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी दल शीतलनिवासमा

3.5K

काठमाडाैं- विपक्षी गठबन्धनका नेताहरुले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाएका छन्।

शुक्रबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुको बैठकले नयाँ सरकार गठनका लागि हस्ताक्षर जुटाएको हो।

pinup pin up pin up pinup

१४९ जना सांसद्को हस्ताक्षर जुटेको नेताहरुले बताएका छन्। ‘१४९ जनाको हस्ताक्षर जुटेको छ,’ कांग्रेस सांसद् गगन थापाले भने, ‘प्रधानमन्त्रीमा कसलाई प्रस्तावित गर्ने भन्नेचाहिँ शीतल निवासमै पुगेर टुंगो लगाउनुहुनेछ।’

Advertisement

उनका अनुसार माधव नेपाल पक्षका २७ जना सांसद्ले हस्ताक्षर गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार २१ घण्टाको  समय दिएर शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएकी थिइन्।