March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः पुष्पराज कँडेल नियुक्त

1.5K

काठमाडौं– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः पुष्पराज कँडेल नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरु कृष्णप्रसाद ओली, उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो।

कँडेल यसअघि पनि आयोगको उपाध्यक्ष थिए। र, ओली, झा र शाही पनि सदस्यमा दोहोरिएका छन्। 

Advertisement

उपाध्यक्ष कँडेलसहित सदस्यहरुलाई बिहीबार पद तथा गोपनीयताको शपथ दिलाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ दिलाए। शथपपछि उनीहरूले आयोगको कार्यालय पुगेर पदभार ग्रहण गरेका छन्। 

पदभार सम्हाल्दै उपाध्यक्ष कँडेलले ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरेका छन्।