March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

राष्ट्रपति ३९ जना टोलीसहित बंगलादेश जाँदै

3.4K

काठमाडौं – विमान चार्टर गरेर ३९ जनासहित राष्ट्रपति विधादेवी भण्डारी बंगलादेश जाँदै छिन। नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर भण्डारी सोमबार बंगलादेशको दुईदिने राजकीय भ्रमणमा ढाका जान लागेकी हुन ।

निगमको दुई न्यारोेबडी विमानमध्ये लुम्बिनीले राष्ट्रपतिसहितको टोलीलाई बिहान पौने ९ बजे काठमाडौंबाट बंगलादेश पुर्याउने स्रोतले बताएको छ भने मंगलबार अर्को न्यारोबडी सगरमाथाले ढाकाबाट काठमाडौं ल्याउनेछ ।

‘पहिलो दिन राष्ट्रपतिसहितलाई ढाका छाडेर विमान रित्तै फर्किनेछ’, निगमका अधिकारीले भने ‘दोस्रो दिन काठमाडौंबाट रित्तै गएर ढाकाबाट राष्ट्रपतिसहितको राजकीय भ्रमणमा रहेका ४९ जनालाई लिएर आउनेछ ।’ चार्टर भाडाभन्दा ग्राउन्ड ह्यान्डलिङ पार्किङ महँगो पर्ने भएपछि निगमले परराष्ट्र मन्त्रालयमार्फत मिनाहाका लागि अनुरोध गरेको अधिकारीले जानकारी दिए। ढाकामा पार्किङबापत ३० हजार डलर लाग्ने बताईएको छ ।

Advertisement